तपाईँ सुन्दै हुनुहुन्छः

८४३ जनामा कोरोना सङ्क्रमण पुष्टि, २२६ जना निको

काठमाडौँ । आज थप  ८४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा ६ हजार ४ जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको हो ।
योसँगै नेपालमा हालसम्म कूल २  लाख ८३ हजार ६५८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
आज देखिएका सङ्क्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन् ।
त्यसै गरी  आज २ सय २६ जना कोरोना सङ्क्रमण निको भई घर फर्किएका छन् । योसँगै हालसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ ।
यसै गरी सङ्क्रमणबाट ५ जनाको निधन भएको छ । योसँगै अहिलेसम्म कोरोना सङ्क्रमण कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या ३ हजार ७५ जना पुगेको मन्त्रालयले जनाएको छ  ।
यसै गरी सङ्क्रमितमध्येले १०० सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँ उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
प्रदेश नं १ र २ मा दुई/दुई, वाग्मती प्रदेशमा ४६, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा दुई जना सघन उपचार कक्ष उपचार गराइरहेका छन् ।
यस्तै प्रदेश नं १ मा एक, वाग्मती प्रदेशमा २१, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । होम आइसोलेसनमा पाँच हजार ४०१ र संस्थागत आइसोलेसनमा ५०७ रहेका छन् ।
सीमा नाकामा ६४ मा सङ्क्रमण पुष्टि
यस्तै मन्त्रालयले नेपाल भारतका नौ सीमा नाका ६२१ को एन्टिजेन परीक्षण गर्दा ६४ मा सङ्क्रमण देखिएको जनाएको छ ।
बेलहैया हेल्थ डेस्क रुपन्देहीमा एक, गड्डाचौकी हेल्थ डेस्क कञ्चनपुरमा नौ, कृष्ण नगर हेल्थ डेस्क कपिलवस्तुमा एक, रानी हेल्थ डेस्क मोरङमा छ र त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा ४७ मा सङ्क्रमण देखिएको छ ।  हालसम्म तीन सीमा नाकामा ६६५जनामा सङ्क्रमण पुष्टि भएकोजनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button