तपाईँ सुन्दै हुनुहुन्छः

शाहीपुरमा हात्ती आतङ्क

कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ शाहीपुरमा हात्तीले स्थानीयलाई आतङ्कित बनाएको छ । वैशाख १ गते राति नुक्लीपुरमा एउटा घर भत्काएको हात्तीले गए राति फेरि शाहीपुरमा ३ घरमा क्षति पुगाएको छ ।
हात्तीले शाहीपुरका बडैलाल थारुको घरको भित्ता भत्काएको छ । हात्तीले पल्टु थारुको भकारीको धान खाएको छ भने गोठ भत्काइदिएको र पतिराम थारुको घरको भित्ता भत्काएको बडैलालले जानकारी दिनुभयो ।
बडैलालले गए राति १२ बजेदेखि ३ बजेसम्म हात्तीले गाउँमा आतङ्क मच्चाएको बताउनुभयो । पछि स्थानीयले भाँडाकुँडा बजाएर, बत्ती बालेर हात्ती भगाएको बताउनुभयो ।
हात्तीले रातिको समयमा घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका र नुक्लीपुरका स्थानीय वैशाख १ गतेदेखि राति राम्ररी नसुतेका स्थानीय रमेश चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button