तपाईँ सुन्दै हुनुहुन्छः

एमाले गर्‍यो कर्णाली प्रदेशका तीन जना सांसदलाई कारबाही

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीले आफ्ना तीन जना सांसदलाई पार्टीबाट निष्कासित गरेको छ ।
एमाले कर्णालीको आज सुर्खेतमा बसेको बैठकले प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा ह्विप उल्लङ्घन गर्दै ‘फ्लोर क्रस’ गरेर मतदान गर्ने सांसदहरू नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको हो ।
ह्विप उल्लङ्घन गरी गद्दारी गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरिएको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले बताउनुभयो ।
उहाँले पार्टीको ह्विप उल्लङ्घन गर्ने अर्का सांसद प्रकाश ज्वालालाई पनि निष्कासन गर्न केन्द्रलाई पत्र पठाउने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार संसदीय दलले गरेको निर्णयलाई समेत आधार बनाई उनीहरूमाथि २०७८ वैशाख ३ गतेदेखि लागु हुने गरी कारबाही गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button