तपाईँ सुन्दै हुनुहुन्छः

वैकल्पिक विधिबाट विद्यालयको पठनपाठन सञ्चालन गर्ने विषयमा छलफल

काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीमा कोरोना भाइरसको नयाँ स्वरूपको, सङ्क्रमण रोकथाम, नियन्त्रण  तथा  उपचारका सम्बन्धमा छलफल भएको छ ।
सिंहदरबारमा आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ स्वरूपको सङ्क्रमण रोकथाम प्रतिकार्य  तथा  उपचार सम्बन्धी आदेश २०७८ का विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।
बैठकमा कोरोना भाइरसको परिवर्तित स्वरूपमा जनस्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालन गर्ने तथा कोरोनाबाट प्रभावित क्षेत्रका विद्यालयका पठनपाठन वैकल्पिक विधिबाट सञ्चालन गर्ने लगायतका विषयमा छलफल भएको सचिव बरालले जानकारी दिनुभयो ।
बैठकमा कोरोना नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहलाई थप जिम्मेवार बनाउने, सीमा नाकाहरूमा कढाइ गर्ने लगायतका विषयमा पनि छलफल भएको सचिव बरालले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button