तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान आफ्नै घरको कोठामा मल्टिप्लगमा मोबाइलको चार्जर जोड्ने क्रममा करेन्ट लाग्दा ५३ वर्षीय चन्द्र बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ मा पहिरोमा परि एक जनाको मृत्यु भएको छ ।
आज गाउँपालिका ७ को झाँक्री पानीमा गाउँपालिकाद्वारा सञ्चालित स्वरोजगार कार्यक्रम अन्तर्गत बाटो खन्ने क्रममा माथिबाट आएको पहिरोमा परी ४३ वर्षीय रन बहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button