तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा बढ्दो सवारी दुर्घटनाः २० महिनामा १६९ जनाको मृत्यु

जुम्ला । कर्णाली प्रदेशमा बितेको  २० महिनामा करिब ४ सय ९५ वटा सवारी दुर्घटना हुँदा १ सय ६९ जनाको ज्यान गएको छ ।
जसमध्ये चालु आर्थिक वर्षको हालसम्म मात्रै २ सय ३१ वटा सवारी दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । जसमा ६१ पुरुष, ६ महिला, ४ बालक, १ बालिका गरी ७२ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष  २०७६–७७ मा २ सय ६४ वटा सवारी दुर्घटना भएका थिए । जसमा ६६ पुरुष, २३ महिला, ७ बालक, १ बालिका गरी ९४ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार चालु आवमा सबैभन्दा धेरै मोटरसाइकल ६६ वटा दुर्घटना भएका छन् । यस्तै ट्रक २९, टिप्पर ६, बस २२, माइक्रो बस ७, जिप र कार ३०, ट्याम्पो १८, साना सवारी ११ अटो ५, अन्य २ वटा सवारी दुर्घटनामा परेका छन् । जसमा दुर्घटनामा परी १ सय १७ जना शक्त घाइते र २ सय ४० जना साधारण घाइते भएका छन् ।
मुख्य समस्या चालकको लापरबाही 
अव्यवस्थित तथा साँघुरो सडक र नियम विपरीत सवारी चल्नु र सडकमा जेब्रा क्रसिङको व्यवस्था नहुनुले र मुख्य रुपमा चालकको लापरबाहीले सवारी दुर्घटना हुने गरेको ट्राफिक कार्यालय जुम्लाका असई कुशराज शाहीले बताउनुभयो ।
उहाँका अनुसार जुम्लाका अधिकांश चालकहरूले रातीको समयमा मदिरा सेवन गरी गाडी चलाउने गरेका छन् । गत दुई महिना पहिले प्रजिअ भुपेन्द्र थापाको नेतृत्वमा सवारी अनुगमन गर्दा मदिरा सेवन गरी गाडी चलाउने ४ जना चालकलाई नियन्त्रण गरिएको थियो ।
कर्णाली राजमार्गलाई सुरक्षित मार्ग बनाउन सङ्घ र प्रदेश सरकारको ध्यानाकर्षण नहुँदा समस्या भएको नागरिक अगुवा राजबहादुर महतले बताउनुभयो ।
कागजमै सीमित सडक सुरक्षा कार्यक्रम
कर्णाली प्रदेश सरकारले दुई वर्षअघि नै ‘सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गरेको थियो यद्यपि यो कार्यक्रमको प्रभावकारिता भने खासै देखिन सकेको छैन ।
सडक सुरक्षा कार्यक्रम अन्तरगत प्रदेशका १० वटै जिल्लामा नियमित ट्राफिक जाँच तथा सडक अतिक्रमणलाई अटाउन तथा ट्राफिक नियमबारे जनचेला फैलाउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button