तपाईँ सुन्दै हुनुहुन्छः

बादल पुनः गृहमन्त्री नियुक्त हुँदै, शपथ पनि आजै

 

काठमाडौँ । आज पदमुक्त हुनुभएका राष्ट्रियसभाका सांसद एवं गृहमन्त्री रामबहादुर थापा बादलले आजै साँझ गृहमन्त्री पदमा शपथ ग्रहण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई गृहमन्त्री पदमा आजै नियुक्त गर्नुहुने भएपछि नेकपा एमालेको नेताको हैसियतमा उहाँको शपथको कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

नेकपा माओबादी केन्द्रबाट २०७४ सालमा राष्ट्रिय सभा सदस्य पदमा उहाँ निर्वाचित हुनुभएको थियो । तर, फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट तात्कालिन नेकपालाई साबिकको नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा छुट्ट्याई दिएपछि नेता बादल नेकपा एमालेमै रहनुभएको छ । नेता बादल एमालेमा लागेपछि माओबादी केन्द्रले उहाँको पद रिक्त गराउन संसद सचिवालयमा लिखित पत्र दिएको थियो । संसद सचिवालयले आज नेता बादलको राष्ट्रिय सभा सदस्यको पद रिक्त भएको जनाएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button