तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइते   

नेब्रास्का ।   संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो । गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइते एक व्यक्तिको स्वास्थ्य अवस्था निकै नाजूक रहेको बताइएको छ । अर्का व्यक्ति भने सामान्य घाइते अवस्थामा छन् । दुबैको अस्पतालमा उपचार भइरहेको छ ।

गत बिहीबार राति इन्डियानापोलिसको फेडएक्स कार्यालयमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु भएको थियो ।

अधिकारीहरुले उक्त गोलीकाण्डका मुख्य शंकास्पद व्यक्तिले आत्महत्या गरेका जनाएको छ ।    रासस–सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button