तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्रनगरका एक जना शिक्षकमा कोरोना सङ्क्रमण, विद्यालय बन्द

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा एक जना शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा रहेको भृकुटी माविका एक जना शिक्षकमा कोरोना सङ्क्रमण देखा परेपछि आजैबाट विद्यालय बन्द गरिएको छ ।

विद्यालयमा शिक्षकको प्रत्यक्ष सम्पर्कमा आएका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले विद्यालय बन्द गरिएको निमित्त प्रधानाध्यापक वीरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

विद्यार्थीहरूमा सङ्क्रमण फैलिन सक्ने भन्दै अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द रहने समेत निमित्त प्रधानाध्यापक भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button