तपाईँ सुन्दै हुनुहुन्छः

बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

बारा । बाराको चैनपुरमा हिजो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार वीरगन्ज महानगरपालिका वडा नं.२१ परवानीपुर टोल बस्ने बर्ष २४ वर्षका जैकीप्रसाद कुशवाहा रहेका छन् । मोटरसाइकल चालक बारा कोल्हबी नगरपालिका वडा नं.१ बस्ने बर्ष ३० वर्षका राजकुमार महतो गम्भीर घाइते भएका छन् ।
घाइतेको वीरगंज स्थित एक अस्पतालमा उपचार भइरहेको छ । परवानीपुर गाउँपालिका वडा नं.३ चैनपुरमा ना ६ ख६१३६ नम्बरको ट्रकले प्रदेश २–०३–००६ प २४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता गौतम  मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button