तपाईँ सुन्दै हुनुहुन्छः

स्पेनमा बन्न लागेको लुम्बिनी गार्डेनले नेपालको पर्यटन प्रर्बद्धनमा थप टेवा पुग्ने : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पेनमा बन्न लागेको लुम्बिनी गार्डेनले नेपालको पर्यटन प्रर्बद्धनमा थप टेवा पुग्ने बताउनुभएको छ ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले स्पेनको एक्त्रेमाधुरा प्रान्तको क्याथेरेस सहरमा एक सय ७ हेक्टर जमिनमा ४० मिटर अग्लो बुद्धको मूर्ति निर्माण गर्न लागिएको जानकारी गराउनुभयो ।

विश्वका विभिन्न विकसित मुलुकहरू शान्तिको खोजीमा रहेको अवस्थामा त्यहाँ बन्न लागेको लुम्बिनी गार्डेनले बुद्ध र नेपालको बारेमा थप जानकारी दिने भन्दै यसबाट विदेशी पर्यटक नेपाल आउन उत्साहित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले यही अप्रिल ६ देखि १२ तारिखसम्म गरेको स्पेन भ्रमणले दुई देश बिचको सम्बन्ध थप प्रगाढ बनेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button