तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखमा बस दुर्घटना २० घाइते, २ गम्भीर

दैलेख । दैलेखमा बस दुर्घटना हुँदा २ जना गम्भीर घाइते सहित २० जना घाइते भएका छन् ।
दैलेख सदरमुकामतर्फ आइरहेको हिल्सा यातायातको ना ७ ख ६९६३ नं. बस अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरूको उद्धार गरी उपचारका लागी अस्पताल लगिने तयारी भएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
दैलेख प्रहरी प्रमुख श्रेष्ठका अनुसार गुराँस गाउँपालिका ४ को गाईवान्ना भन्ने ठाउँमा आज दिउँसो बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेहरूको उद्धारका लागी जिल्ला प्रहरी कार्यालय दैलेखबाट घटनास्थलमा थप प्रहरी परिचालन गरिएको दैलेख प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button