तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रणबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना सङ्क्रणबाट थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ की ५२ वर्षीया महिलाको आज दिउँसो ३ः५५ बजे मृत्यु भएको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

उनी चैत ३१ गते अस्पताल भर्ना भएकी थिइन् । योसँगै कोरोनाबाट जिल्ला बाहिरका ९७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button