तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा १२ औँ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सूरु भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सवैका लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता आजबाट सदरमुकाम मार्तडी स्थित मालिका माध्यमिक विद्यालयमा  सूरु भएको हो । ९ ओटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहको सहभागितामा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सञ्चालन भएको हो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको अध्यक्षता जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मी बडूवालले र उद्घाटन  जिल्ला समन्वय प्रमुख नरेन्द्र रोकायाले गर्नुभयो ।
प्रतियोगिता तिन दिनसम्म सञ्चालन हुने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button