तपाईँ सुन्दै हुनुहुन्छः

देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।  आज काठमाडौँ उपत्यकामा ४ सय ३५ सहित देशभर १ हजार ९६ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ७ सय ८३ नमुनाको परिक्षण गर्दा काठमाडौँमा ३ सय २६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।
देशभर रहेका ६ हजार २ सय ९० जना सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा ५ हजार ५ सय १४ जना र संस्थागत आइसोलेसनमा ५ सय ७६ जना रहेका छन् ।
कोरोना सङ्क्रमणका कारण आज थप ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ८३ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज २ सय ६२ जना निको भएका छन् । हालसम्म ९६ दशमलव ७ प्रतिशत संक्रमित निको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, कोरोना भाइरस विरुदको पहिलो खोप लगाएकालाई यही वैशाख ७ गतेदेखि सञ्चालन हुने दोस्रो मात्राको खोप अभियानमा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले २०७७ माघ १४ देखी फागुन १० गतेसम्ममा पहिलो मात्राको खोप लगाएका सबैले तोकिएको स्वास्थ्य संस्था तथा खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गर्नुभयो ।
मन्त्रालयले खोप लगाउन जाँदा खोप कार्ड तथा परिचय पत्र अनिवार्य साथमा लैजान समेत आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button