तपाईँ सुन्दै हुनुहुन्छः

त्रिकोणात्मक एकदिवसिय टी २० सिरिजमा नेदरल्याण्ड्सको पहिलो जित

काठमाडौँ । नेदरल्याण्ड्सले त्रिकोणात्मक एकदिवसिय टी २० सिरिजमा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो । नेपालसँग नौ विकेटको भारी अन्तरले हारेको नेदरल्याण्ड्सले मलेसियाविरुद्ध भने राम्रो प्रदर्शन गर्‍यो ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेका नेदरल्याण्ड्सले २० ओभरमा मात्र दुई विकेट गुमाउँदै एक सय ९१ रन बनायो । उसका लागि म्याक्सले उत्कृष्ट पारी खेले । उनी नेदरल्याण्ड्सका लागि टी २० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी समेत बनेका छन् ।
त्यसपछि ६६ रनमा दोस्रो विकेट गुमाएको डच टिमका लागि म्याक्स र कप्तान बेन कुपरले शतकीय साझेदारी गरे । उनीहरूले एक सय २५ रनको साझेदारी गरे । जसमा म्याक्सले अविजित एक सय रन बनाए ।
जवाफमा मलेसिया २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७६ रनमा रोकियो । बलिङमा नेदरल्याण्ड्सका आर्यन दत्त, बास डी लिडी र सवास्चियन ब्राटले दुई दुई विकेट लिए । यस जितसँगै नेदरल्यान्ड्सको पनि २ अङ्क भएको छ । नेपालको पनि २ अङ्क छ र रन रेटको आधारमा नेपाल शीर्षस्थानमा छ । नेपालले अब दोस्रो खेलमा सोमबार मलेसियाको सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button