तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त गृहमन्त्री थापाद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
नवनियुक्त मन्त्री थापाले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
नवनियुक्त मन्त्री थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै गृह मन्त्रालयको जिम्मेवारीमा नियुक्त गर्नुभएको थियो ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button