तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशका नवनियुक्त ३ मन्त्रीद्वारा शपथग्रहण

सुर्खेत । कर्णाली प्रदेशका तीन जना नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको मन्त्रीमण्डलमा शनिबार हेरफेर भएपछि कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आज एक समारोहका वीच प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कूर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढालाई शपथग्रहण गराउनुभएको हो ।
समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीलाई मतदान गरेका एमाले  माधव नेपाल समूहका तीन जना सांसद मन्त्री बन्नुभएको हो । नवनियुक्त तीनै जना मन्त्रीलाई नेकपा एमाले कर्णाली प्रदेश कमिटीले यसअघि नै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button