तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँः मन्त्री ज्ञवाली    

फाइल तस्बिर

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अवलम्बन गरिने बताउनुभएको छ ।

सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा आज आयोजित छलफलमा परराष्ट्र मन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताउनुभयो ।
मन्त्री ज्ञवालीले नेपालले सधैँ निःशस्त्रीकरणका लागि जोड दिँदै आएको र यसमै नेपालको विदेश नीति केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
झन्डै ५० लाख नेपाली विदेशमा रहेको बताउनुहुँदै मन्त्री ज्ञवालीले दक्ष र बौद्धिक जनशक्तिलाई नेपालको हितमा उपयोग गरिने स्पष्ट पार्नुभयो ।
परराष्ट्र सम्बन्ध राम्रो बनाउनमा सबै तह र तप्काको भूमिका आवश्यक हुने उहाँले उल्लेख गर्नुभयो ।
पूर्व प्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले विदेश नीतिका मामिलामा सत्ता पक्ष र प्रतिपक्ष एउटै ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button