तपाईँ सुन्दै हुनुहुन्छः

जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने

पोखरा । भाषा सङ्घ नेपालको आयोजनामा यही वैशाख ९ गते पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
पोखरासहित गण्डकी प्रदेशका विभिन्न जापानी भाषा स्कुलमा जापानी भाषा अध्ययनरत नेपाली विद्यार्थीको भाषा तथा जापानी सांस्कृतिक ज्ञानको विकासको लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको भाषा सङ्घ नेपालका संस्थापक अध्यक्ष युवराज खनालले जानकारी दिनुभयो ।
जापानी राजदूतावास, काठमाडौँ र जापान फाउन्डेसन, जापानले सहयोग गरेको प्रतियोगितामा प्रदेशभित्रका विभिन्न जापानी भाषा स्कुलबाट छनोटमा परेका १९ जना प्रतियोगीले प्रतिस्पर्धा गर्ने भाषा सङ्घ नेपालका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित पुरस्कृत हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button