तपाईँ सुन्दै हुनुहुन्छः

असिनाको क्षति बिवरण पेश गर्न किसानलाई आव्हान

धनकुटा । बैसाख २ गते परेको असिनाको क्षतिको बिवरण पेश गर्न छथर जोरपाटी गाउँपालिकाले किसानहरुलाई सूचना जारी गरेको छ ।

पालिकाको कृषि शाखाले ५ दिनको समय सिमा राखेर आज सोमबार भित्रमा क्षतिको फोटो सहितको बिवरण बुझाउन सबै वडामा सूचित गरिएको शाखाका प्रमुख मिलन कार्कीले जानकारी दिनुभयो ।

असिनाले बाली नष्ट गरे संगै पालिकाका उपाध्यक्ष भीमकला क्षेष्ठको नेतृत्वमा क्षतीको बिवरण संकलन गर्ने काम भईरहेको छ । हाल सम्म वडा नं.६ मजृुवा,नाम्जाङ,वडा नं.२ सल्ले,वडा नं. १ हात्तिखकको पिङडाँडा,फलाँटे क्षेत्रमा गरिएको सर्भेक्षण गरिएको छ ।

प्रारम्भिक सर्भेक्षण अनुसार हाल सम्म १५ करोड बरावरको तरकारी बालीको क्षति भएको बिवरण प्राप्त भएको पालिका कृषि तथा भेटेनरी शाखाले जानकारी दिएको छ । संकलन भएका बिवरणहरु पालिकाको आर्थिक समितिमा पेश गरिने भेटेरेनरी शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।

बाह्रै महिना तरकारी खेतीले हराबरा देखिने धनकुटाको तरकारी जोन सिंधुवा क्षेत्र बैसाख २ गते परेको असिना पानीका कारण मरुभूमी जस्तै दृखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तेह्रथुम तथा जोन ईकाई धनकुटा अन्तर्गत सिुधवा क्षेत्रको.१ हजार २ सय १० हेक्टरमा लगाईएको सबै तरकारी बाली नष्ट भएको छ ।

ईकाइका प्राविधिक सहायक भर्मराज कटुवालका अनुसार छथर जोरपाटी वडा नं.६,५ र २, महालक्ष्मी नगरपालिका वडा नं.८,९र १ मा लगाईएको सबै तरकारीबाली नष्ट भएका छन् ।

बेलुकीपख करिव ४५ मिनेट भन्दा बढी परेको असिना पानीले छथर जोरपाटी गाउँपालिकाको सिंधुवा जोन क्षेत्रमा लगाईएको काउली,बन्दा,आलु,मटरकोसा,साग,नर्सरी र टनेलहरु नष्ट गरेका छन् ।

छथर जोरपाटी गाउँपालिका वडा नं.६ को मजुवा गाउँमा मात्र करिव ३० करोड बरावरको क्षति भएको जिल्ला सहकारी संघ धनकुटाका कोषाध्यक्ष समेत रहेका स्थानिय अगुवा कृषक युवराज थापाले जानकारी दिनुभयो ।

उक्त गाउँमा करिव ३ सय घरले लगाएको सबै तरकारी नष्ट उहाँले जानकारी दिनुभयो । क्षतिको बिवरण संकलन तथा अनुगमन गर्न प्रतिनिधि–सभा सदस्य राजेन्द्र कुमार राई,प्रदेश ‘ख’का सभासद् ईन्द्रमणी पराजुली तथा जिल्ला प्रशासन कार्यालय धनकुटा र पत्रकारहरुको टोली सिंधुवा पुगेको थियो ।

बिपद पछि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्ष भीमला क्षेष्ठको नेतृत्वमा क्षतिको बिवरण संकलन गर्ने काम भईरहेको पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button