तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको अयोध्यामा राम ,सीता, लक्ष्मण र हनुमानको मूर्ति शोभा रथ यात्रासहित स्थापना गरिने

चितवन । चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पुर्णकदका मुर्ती स्थापना गरिने भएको छ ।

आज भरतपुरमा अयोध्याधाम व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै आगामी ८ गते रामनवमीको दिन अयोध्याधाममा मुर्ती स्थापना गर्ने अयोध्याधाम व्यवस्थापन समिति प्रचार प्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्यलयमा तयारी रुपमा रहेको मुर्ती ७ गते बिहान काठमाडौ राम मन्दिरबाट स्वस्ति वाचनसहित प्रधानमन्त्रीले हस्तान्तरण गर्ने र बग्गी, रथ र करिब ५ सय सवारी साधनसहित शोभा यात्रा गर्दै अगाडि बढ्ने र बेलुका पवित्र तिर्थस्थल देवघाटमा बास बस्ने कार्यक्रम रहेको छ ।

८ गते बिहान मुर्तीहरुलाई पवित्र जलले जलाभिषेश गरि प्रस्थान गर्ने छ । अयोध्याधाममा करिब ९ सय सवारी साधन र ४ हजार भक्तजनलाई खान बस्नको ब्यवस्था गरिएको पत्रकार सम्मेलनमा अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तिर्थराज भुषालले बताउनु भयो ।

कलश यात्रा तथा मुर्ती स्थापना कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडायन मन्त्री भानुभक्त ढकाल र बाग्मती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थिति रहने बाग्मती प्रदेशसभा सदस्य विजय सुबेदीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button