तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा संसदको हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्य गर्नुभएको छ ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो । सोसम्बन्धी पत्र राष्ट्रपतिको कार्यालयबाट सङ्घीय संसद् सचिवालयमा प्राप्त भइसकेको थाहा भएको छ ।

सर्वाेच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभामा राजनीतिक विवादका कारण महत्वपूर्ण विधेयक अघि बढ्न सकेका थिएनन् । सो अधिवेशन गत फागुन २३ गतेदेखि आरम्भ भएको थियो । यसैबीच आजको मन्त्रिपरिषद्का निर्णय अपराह्न सरकारका प्रवक्ताले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button