तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा हावा हुरीबाट पाँच लाख बराबरको क्षति

तनहुँ । तनहुँमा हावा हुरीबाट पाँच लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गत शनिबार बेलुकी आएको हावा हुरीको कारण जिल्लाको भानु नगरपालिका वडा नं. १३ स्थित ११ घरधुरी, वडा नं. ६ स्थितमा बसोबास गरिरहेका ५ घरधुरी, वडा नं. १ स्थितमा रहेको भिमसेन प्रा.बि. स्कुलको छानाको टिन समेत गरी भानु नगरपालिका अन्तर्गत ४ लाख ८० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै जिल्लाको देवघाट गाउँपालिका वडा नं. ३ स्थित १ घरधुरी २० हजार र बन्दिपुर गाउँपालिका वडा नं. ६ अन्तर्गत रहेको १ घरधुरीमा २० हजार गरी कुल ५ लाख २० हजार बराबरको क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो ।

प्राकृतिक विपत्ति मध्येको हावा हुरी पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको हुँदा यसबाट हुनसक्ने विभिन्न जनधनको क्षति सम्बन्धमा पूर्व सतर्कता अपनाउन जिल्लावासीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button