तपाईँ सुन्दै हुनुहुन्छः

झापाका दुई स्थानमा आगलागी हुँदा एक करोडबढीको क्षति

भद्रपुर, झापा। झापाको अलग–अलग दुई स्थानमा आइतबार अपरान्ह आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

लाखौँको धनमाल क्षति भएको छ । जिल्लाको भद्रपुर–७ मा यादवराज पोखरेलले सञ्चालन गरेको एपी फर्निचर उद्योगमा अचानक परेको चट्याङबाट विद्युत् सर्ट भई आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ भने बुद्धशान्ति गाउँपालिका ४ देवी बस्ती बस्ने ज्योति विमलीको इँटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फार्ममा आगलागी हुँदा करिब ६५ लाखको क्षति भएको छ ।

फर्निचर उद्योगमा भएको आगलागीबाट तयारी फर्निचर, फर्निचर बनाउन प्रयोग हुने काठ जलेर नष्ट भएका छन् भने बाख्राफार्ममा भएको आगलागीमा परी बोयर जातका ४० वटा बाख्रा मर्नुका साथै बाख्रालाई खुवाउने दाना र फर्म पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कायाृलय झापाले जनाएको छ ।

दुबै स्थानका आगलागी भद्रपुर र विर्तामोडका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button