तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगर सहित दुई जना पक्राउ

कञ्चनपुर। कञ्चनपुर प्रहरीले लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विशेष सूचनाका आधारमा एक ग्राम आठ सय ७० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका ७ का २३ वर्षिय अर्जुन ऐर र भीमदत्त नगरपालिका ४ सब्जीमण्डीमा डेरा गरी बस्ने २६ वर्षिय मदन पाल रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान थालिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button