तपाईँ सुन्दै हुनुहुन्छः

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि भद्रपुरलाई

भद्रपुर, झापा।झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ शील्डको उपाधि भद्रपुर नगरपालिकाले हात पारेको छ । यसअघि विद्यालयस्तरमा हुँदै आएको प्रतियोगिता यस वर्ष पालिकास्तरमा भएको हो ।

मेची रंगशालामा आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जितेको हो । त्यस्तै, एथ्लेटिक्समा ३ र उसुमा २ रजत जितेको छ । एथ्लेटिक्समा ४, तेक्वान्दो र उसुमा १/१ कास्य जितेको छ ।

दोस्रो हुने अर्जुनधाराले ८ स्वर्ण, १० रजत र ६ कास्य पदक जितेको छ । एथ्लेटिक्समा ३, तेक्वान्दोमा ३ र उसुमा २ स्वर्ण जितेको छ । एथ्लेटिक्समा १, करातेमा २, तेक्वान्दोमा ३ र उसुमा ४ रजत जितेको छ । एथ्लेटिक्समा १, करातेमा १ र तेक्वान्दोमा २ र उसुमा २ कास्य जितेको छ ।

तेस्रो भएको मेचीनगरले ५ स्वर्ण, ७ रजत र ११ कास्य पदक जितेको छ । एथ्लेटिक्समा २, करातेमा २ र तेक्वान्दोमा १ स्वर्ण जितेको हो । एथ्लेटिक्समा ३, भलिबलमा १, तेक्वान्दोमा ३ रजत जितेको छ । एथ्लेटिक्समा ४, करातेमा १, तेक्वान्दोमा ६ कास्य जितेको छ ।
यसैबीच, दमकले ५ स्वर्ण, ३ रजत र २ कास्य जितेको छ भने शिवसताक्षीले ५ स्वर्ण, २ रजत र ३ कास्य जितेको छ । कमलले ५ स्वर्ण, २ रजत र १ कास्य, बिर्तामोडले ३ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ ।

कनकाईले १ स्वर्ण, ५ रजत र ३ कास्य, बाह्रदशीले १ स्वर्ण, ४ रजत र ६ कास्य, गौरादहले १ स्वर्ण र २ कास्य, कचनकवलले १ रजत र १ कास्य, बुद्धशान्तिले १ रजत र ५ कास्य, हल्दिबारीले १ रजत र ३ कास्य, गौरीगञ्जले १ रजत र १ कास्य जितेको छ । झापा गाउँपालिकाले एउटा पनि पदक जित्न सकेन ।

झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट छानिएर आएका खेलाडीले जिल्लाको छनोट प्रतियोगितामा भाग लिएका थिए । राष्ट्रपति रनिङ शिल्डमा विभिन्न ६ विधामा प्रतिस्पर्धा भएको झापा जिल्ला खेलकुद विकास समितिका प्रमुख टहल मैनालीले बताउनु भयो ।
एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका प्रतिस्पर्धाबाट ७६ जना खेलाडी छनोट भएका छन् । ६ वटै विधामा छात्र र छात्राको अलगअलग सहभागिता र प्रतिस्पर्धा रहको थियो । छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोटमा भाग लिन पाउने मैनाली जानकारी दिनुभयो ।

झापामा एथ्लेटिक्सबाट ११÷११ जना छात्रछात्रा, कबड्डी र भलिबलबाट ९÷९ जना छात्रछात्रा तथा कराते, तेक्वान्दो र उसुबाट ३÷३ जना छात्रछात्रा गरी ७६ जना खेलाडी छनोट भएको मैनालीले बताउनु भयो । प्रतियोगिता भद्रपुरस्थित मेची रंगशालामा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button