तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा जीप दुर्घटना हुँदा ७ जना घाइते

सांकेतिक तस्बिर
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ पिपल भन्ज्याङमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
मित्याल रामपुर सडक खण्डको खादरबाट रामपुरतर्फ आउँदै गरेको ग१  ५७११ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा निस्दी–४ का बर्ष ७० का चुरा बहादुर सुनारी, निस्दी–३ की बर्ष ४९ की केसरी सोमै, सोही स्थानकी ५८ वर्षकी तिलिसरा ढेङ्गा, दल बहादुर डिसुवा, आति ढेङ्गा र सोही स्थानकै बर्ष ६० वर्षकी रानिसरा सोमै घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button