तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगर नगरपालिकामा विद्यालय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन हुने

कपिलवस्तु ।  कृष्णनगर नगरपालिका भित्रका विद्यालयहरूमा विद्यालय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नगरपालिकाको हलमा एक कार्यक्रमको आयोजना गरी विद्यालय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको जानकारी गराएको  हो ।
विभिन्न किसिमका अपराध नियन्त्रण, यौन हिंसा, सामाजिक विकृतिको अन्त्य गरी समाजमा शान्ति सुरक्षा कायममा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल प्रहरी मातहत रहेर पाठ्यक्रम नै बनाइएको प्रहरी उपरीक्षक नवराज  अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सानो तथ्याङ्क प्रस्तुत गर्नुभएका प्रहरी उपरीक्षक अधिकारीले विभिन्न अपराधहरूमा बालबालिका र विद्यार्थी नै संलग्न रहेको खुलासा गर्नुभयो ।
गत तिन वर्षको जिल्लाको तथ्याङ्क हेर्दा आपराधिक गतिविधिमा विद्यार्थी र बालबालिकाहरूको संलग्नता उच्च रहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button