तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि

फाइल तस्बिर

बीरगंज  । नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा ६१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

९६ जनाको पिसीआर परीक्षण गरिएकोमा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमित मध्ये ४९ जना पर्सा जिल्लाको रहेकोमा बीरगंज महानगरपालिकाका ४७ जना रहेका छन् भने धोविनी गाउँपालिकाका २ जना रहेको डा.दासले बताउनुभयो ।
त्यसै गरी कोरोना सङ्क्रमण पुष्टि हुनेहरूमा बाराका ११ जना रहेका छन् । संक्रमित मध्ये ५० पुरुष र ११ महिला रहेका छन् ।
सङ्क्रमितको उमेर समूह ५ वर्षदेखि ७२ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३५ दशमलव ५ सम्म रहेको नारायणी अस्पतालका कोभिड कोडिनेटर डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
पछिल्लो एक सातामा नारायणी अस्पतालमा गरिएको परीक्षणको क्रममा ३ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिनुभयो ।
छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या अनियन्त्रित रुपमा बढ्दै गएपछि त्यसको असर मुलुकको प्रमुख नाका बीरगंजमा देखिएको चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button