तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री नेम्बाङद्वारा कर्णाली करिडाेरकाे हवाई अनुगमन

जुम्ला। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले कर्णाली बासीको जीवन रेखा निमार्णधिन कर्णाली करिडाेरकाे हवाई अनुगमन गर्नुभएको छ ।

सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत मन्त्री नेम्बाङले कर्णाली करिडाेरकाे हवाई अनुगमन गर्नु भएको हाे ।कर्णालीको जीवन रेखा सँग जोडिएको कर्णाली करिडाेरकाे निर्माणकाे अवस्था,कार्यप्रगती तथा अवसर चुनौतीका बारेमा बुझ्न मन्त्रीको टोलीले हवाई अनुगमन गरेको हाे ।

चीनसङ्गको व्यापारिक गतिविधि बढ्ने,कर्णालीको आर्थिक विकास हुने लाईफलाईननै कर्णाली करिडाेर भएकाेले यसप्रति सरकारकाे विशेष चासाे रहेकाे भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले बताउनुभयाे ।उहाँका अनुसार चीनको उत्तरी नाका सँग प्रत्यक्ष सीमा जोडिएको कर्णाली करिडाेरले कर्णालीको आर्थिक विकासमा टेवा पुराउने एक मात्र मार्ग भएकाेले यसको दुर्त विकासका लागि पहल गरिने बताउनुभयो  ।

कर्णाली करिडाेरकाे हवाई अनुगमनकै क्रममा मन्त्रीको टोली हुम्ला पुगेको छ । हुम्लाको सिमकाेट विमानस्थलमा हुम्लावासीले मन्त्रीको टोलीलाई भव्य स्वागत गरेको हुम्लाका सञ्चारकर्मी दाने बाेहाेराले जानकारी दिनुभयाे ।

यसअघि प्रधानमन्त्रीका विकास विज्ञ इन्जिनियर दिनेश थपलिया कर्णाली करिडाेर अनुगमन र हाल मन्त्रीको अनुगमले करिडाेर निर्माणले गति लिने कर्णाली बासीको जीवनस्तर माथि उठ्ने कर्णाली बासीको आसा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button