तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुँडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज उहाँहरूलाई नेपालको संविधानको धारा १२९ (२) बमोजिम न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १२९ (२) बमोजिम न्याय परिषद्को सिफारिसमा नियुक्त गरिएको जनाएको छ ।
केही दिनअघि संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा न्याय परिषद्ले गरेको सिफारिसलाई अनुमोदन गरेको थियो ।
यसअघि डा. चुँडाल उच्च अदालत पाटन र सुवेदी, उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button