तपाईँ सुन्दै हुनुहुन्छः

आज थप १ हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाडौँ । आज काठमाडौँ उपत्यकामा ६ सय ३४ सहित देशभर १ हजार २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर ७ हजार ५ सय ४८ नमुनाको परीक्षण गर्दा काठमाडौँमा ५ सय ५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज ९८ जना बालबालिका कोरोना भाइरसबाट संक्रमित भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार ९ वर्ष मुनिका २४ जना र १९ वर्ष भन्दा कम उमेरका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।
७ हजार २ सय ५४ सक्रिय संक्रमित मध्ये काठमाडौँ, ललितपुर र बाँके जिल्लामा ५ सय भन्दा बढी सङ्ख्यामा सक्रिय संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको  छ ।
कोरोना सङ्क्रमणका कारण आज थप ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ९१ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज २ सय ५५ जना निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button