तपाईँ सुन्दै हुनुहुन्छः

फलामले किचेर कामदारको मृत्यु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका २ स्थित रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने एक कामदारको फलामले किचेर मृत्यु भएको छ ।
आज बिहान बजे प्रिमियम स्टिल फ्याक्ट्रीका कामदार सप्तरी छिन्नजस्ता २ का ४० वर्षीय दीपेन्द्र यादवले फलाम पल्टाउँदा सोही फलामले किचेर घाइते भएका थिए ।
उनलाई उपचारको लागी न्युरो अस्पताल विराटनगरमा पुर्‍याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button