तपाईँ सुन्दै हुनुहुन्छः

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक भोजपुरको विजयी शुरुवात

भोजपुर । भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगितामा सोमवार भएको खेलमा आयोजक भोजपुर फुटबल क्लबले मोरङको सगरमाथा यूथ क्लबलाई हराउँदै विजयी बनेको छ ।
भोजपुरले मोरङको सगरमाथा यूथ क्लबलाई २ को विरुद्ध ५ गोल गर्दे विजयी यात्रा शुरु गरेको हो । खेलको निर्धारित ९० मिनेटको पहिलो हाफमा भोजपुर फुटबल क्लबले एकतर्फी ३ गोल गर्न सफल भएको थियो । खेलको दोस्रो हाफमा भोजपुरले पुन २ गोल थप्दा मोरङको सगरमाथा यूथ क्लबले २ मात्र गोल गरे पछि भोजपुरले विजयी यात्रा शुरु गरेको हो ।
भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना, भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र चौधरी ग्रुपको सह प्रायोजनमा शुरु चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप अन्तर्गत आइतबार भएको पहिलो खेलमा धरान फुटबल क्लब सुनसरीलाई ट्राईबेकरमा शुन्यका विरुद्ध ३ गोल गर्दे खोटाङ भगवती क्लब खोटाङ विजयी बनेको थियो ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय टिम सहित ८ वटा टिमको सहभागिता रहेको छ । गोल्डकप विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ हात पार्ने छन् । करिब ३४ लाखको लागतमा हुने फुटबल प्रतियोगितामा भोजपुर नगरपालिकाबाट २५ लाख, भोजपुर जिल्ला फुटबल सङ्घबाट ५ लाख र चौधरी ग्रुपले १ लाख सहयोग गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको तेस्रो खेल मङ्गलवार अफ्रिकन रुटस एसोसिएसन क्यामरुन र धनकुटा फुटबल क्लबका बिचमा हुने छ भने चौथो खेल रेड हर्ष फुटबल क्लब इलाम र गोर्खा ब्याइज क्लब रुपन्देहीका बिच वैशाख ८ गते हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ । प्रतियोगिता आगामी वैशाख ११ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button