तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा महिला भलिबल सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता सोमबार मेलम्चीमा सुरु भएको छ । हाम्रो टिम मेलम्चीको आयोजना र रेडियो मेलम्चीको सह–आयोजनामा भएको खेलका लागि मेलम्ची नगरपालिकाकाले आर्थिक सहयोग गरेको हो ।

जिल्लाका पाँच पालिकाको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत आज चार खेल सम्पन्न भएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई हराउँदै हेलम्बु विजयी भएको छ । इन्द्रावती गाउँपालिकालाई हराउँदै चौतारा साँगाचोकगढी नगरपालिका विजयी भएको छ भने मेलम्ची नगरपालिकाले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई पराजित गरेको छ ।

आज भएको चौथो प्रतिस्पर्धात्मक खेलमा हेलम्बु गाउँपालिकाले चौतारा साँगाचोकगढी नगरपालिकालाई हराएको छ । सुपर लिगका आधारमा खेलाइएको खेलमा सबै टिम एक अर्कासँग भिड्ने अवसर पाउने मुख्य रेफ्री श्रीराम बोगटीले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले खेलको उद्घाटन गर्दै महिलाहरूलाई हर क्षेत्रमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला भनेपछि हरेक कुरामा हेप्ने चलनको अन्त्य गरी सम्मानजनक जीवन बनाउनका लागि महिलाहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उपप्रमुख भगवती नेपालले उत्साहित हुँदै खेलमा सहभागी हुने खेलाडीहरूलाई शुभकामना दिनुभयो ।

खेलको समापन बुधवार बिहान गरिने हाम्रो टिम मेलम्चीका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button