तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजारको परिसूचक नेप्से ३७.५८ अङ्कले घट्यो

काठमाडौँ । सोमवार नेपाली शेयर बजारको परिसूचक नेप्से ३७.५८ अङ्कले घटेको छ ।
लगातार दोस्रो दिन पनि घटेको सेयर बजार दुई दिनमा मात्रै ७० अङ्क भन्दा धेरैले घटिसकेको छ । परिसूचकसँगै सोमवारको कारोबार रकममा पनि उल्लेखनीय कमी भएको छ ।
आइतबार ३५८९ अङ्कले घटेको शेयर बजार सोमबार थप ३७.५८ अङ्कले घटेको हो । योसँगै नेप्से सूचक सोमवार २६६१.९४ बिन्दुमा झरेको छ । आइतबार झन्डै नौ अर्ब रुपैयाँ बराबरको किनबेच भएको बजारमा सोमबार भने पौने सात अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ ।
सोमवार २१३ कम्पनीहरूका एक करोड ४२ लाख कित्ता सेयर ६ अर्ब ७६ करोड रुपैयाँमा किनबेच हुँदा २३ कम्पनीहरूको मात्रै सेयर मूल्य बढेको छ । ४ कम्पनीको मूल्य स्थिर रहे पनि बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button