तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप १९ जनामा कोरोना संङ्क्रमण पुष्टि

पाल्पा। पाल्पामा थप १९ जनामा कोरोना सङ्ंक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा बिभिन्न प्रयोगशालामा गरिएको ३९ नमुना परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका ८ जना रहेका छन् । त्यस्तै बगनासकाली,पूर्बखोला र रिब्दिकोट गाउँपालिकाका २/२ जना,रैनादेबी छहरागाउँपालिकामा ४ जना र रामपुर नगरपालिकामा एक जना संक्रमण पुष्टि स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

योसंगै पाल्पामा कुल संक्रमितको संख्या २ हजार ५५ पुगेको छ । संक्रमितमध्ये १ हजार ९ सय ६३ जना निको भएका छन् भने ३८ जनाको निधन भएको छ । पछिल्लो समय जिल्लामा परीक्षण बढेसँगै संक्रमित हुनेको संख्या पनि बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button