तपाईँ सुन्दै हुनुहुन्छः

सुनको भाउ घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ३ सय रूपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button