तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको ९३ वर्षको उमेरमा निधन

अमेरिका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले ९३ वर्षको उमेरमा सोमबार निधन भएको छ । सो कुराको जानकारी उहाँका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गराउनुभएको अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उहाँ अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति हुनुहुनथ्यो । त्यसैगरी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनयन पनि हुनुभएको थियो ।

पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेलाई कुनै त्यस्तो रोग नरहेको र उहाँको सोमबार निधन उहाँको परिवारले जनाएको छ । उहाँ उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर हुनुहुन्थ्यो । उहाँ १२ वर्ष सम्म अमेरिकाको सिनेटर हुनुभएको थियो । अमेरिकको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उहाँले १२ वर्षसम्म सिनेटरका रुपमा सेवा गर्नुभएको थियो ।

उहाँ अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति भएको समयमा जापानका लागि अमेरिकी राजदूत भएर पनि काम गर्नुभएको थियो ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button