तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुप नगरपालिकाद्वारा दुई वटा एम्बुलेन्स खरिद

सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरेको छ । नगरपालिकाले नगरवासीलाई स्वास्थ्य संस्थामा आवतजावतको सहजताका लागि एम्बुलेन्स खरिद गरेको हो ।

अग्नि इनकर्पोरेर्टर प्रालीका क्षेत्रिय प्रबन्धक विनय खत्रीले नगर प्रमुख बसन्त कुमार मिश्रलाई महेन्द्रा कम्पनीको दुई वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको छ ।खरिद गरिएको एम्बुलेन्स नगरपालिकाको मातहतमा सञ्चालन हुने नगर प्रमुख मिश्रले बताउनुभयो । उहाँले एम्बुलेन्स खरिदसँगै नगरपालिकाभित्रका बिरामीले राहत पाउने समेत बताउनुभयो ।

हामीले पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई दिएका छौँ , सोही अनुरूप नगर बासीलाई सुविधा होस् भनेर दुई वटा एम्बुलेन्स खरिद गरी ल्याएको उहाँले बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले नगरपालिकाले एम्बुलेन्स ल्याउनु भनेको स्वास्थ्य क्षेत्रको लागि उपलब्धि मूलक कार्य रहेको र नगर बासीलाई ठुलो फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कञ्चनरुप नगरपालिका तथा छिमेकी पालिकामा हुनसक्ने आगलागीका घटना तत्काल नियन्त्रणका लागि आवश्यक पर्ने दमकल समेत खरिद गरिसकेको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो ।यस नगरपालिकामा १२ वटा वडा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button