तपाईँ सुन्दै हुनुहुन्छः

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहा जिल्लाको लक्ष्मीपुर गाउँपालिका ३ का ४० वर्षीय उपेन्द्र राई दनुवार रहेका छन् ।सोमबार बेलुका पौने ८ बजे सप्तरीको शम्भुनाथ नगरपालिका ८ मिलन चोकमा को १ ख ७०५२ नम्बरको ट्याङ्करले बा ९२ प ४७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button