तपाईँ सुन्दै हुनुहुन्छः

पूजापाठबीच राम-सीताको मूर्ति बालुवाटारबाट बिदाई

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम(सीताका मूर्ति बिदाई गर्नुभएको छ ।

अयोध्याधाममा हुने धार्मिक अनुष्ठानका लागि बालुवाटारबाट मुर्ति लगिएको हो । मंगल धुन र पूजापाठबीच प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहितको उपस्थितिमा मूर्ति बिदाई गर्नुभएको हो ।

प्रधानमन्त्री निवासबाट राष्ट्रपति कार्यालय पुगेको रथयात्रालाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोह बीच विदाई गर्नुभएकाे हाे। मुर्तीहरु लिएर गएको रथ आज चितवनको देवघाट रहने र बुधबार बिहान माडीको अयोध्यापुरी लगिने छ ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button