तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले टस जितेर ब्याटिंग गर्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै छ ।नेपालका कप्तान ज्ञानेन्द्र मल्लले सिरिजमा लगातार तेस्रो पटक टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् ।

त्रिकोणात्मक सिरिजका यस अघि खेलेका दुवै खेलमा नेपालले जित हासिल गरेर आफुलाई फाइनलको नजिक पुरयाएको छ । नेपालले यस अघि खेलेका दुवै खेलमा नेदरल्यान्ड्स र मलेसियालाई  पराजित गरेको थियो ।

त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा मलेसियालाई परजित गरेको थियो ।त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ ।

नेपाल टी ट्वान्टी क्रिकेटको विश्व वरीयतामा एक स्थान माथि उक्लिएको छ । टी ट्वान्टी त्रिकोणात्मक शृङ्खलाकाे पहिलो खेलमा नेपालले नेदरल्याण्ड्समाथि जित हात पारेको भोलिपल्ट सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपालमाथि उक्लेको हो ।

आईसीसीको नयाँ वरीयताक्रममा नेपाल १४ औं स्थानमा छ । यसअघि नेपाल १५ औं स्थानमा थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button