तपाईँ सुन्दै हुनुहुन्छः

एउटै विद्यालयका ३९ जनालाई कोरोना पुष्टि

बागलुङ । बागलुङ नगरपालिकाको एक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा मङ्गलवार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो  ।
पुष्टि भएकालाई घरघरमै सुरक्षित रहन भनिएको छ । तर उनीहरू सँगै पढेका अन्य विद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने विद्यालयमा जानकारी छैन ।
मन्त्री परिषद्को निर्णयले समेत यहाँ भन्ने सम्बोधन नगरेको भन्दै विद्यालय खोल्ने निष्कर्षमा पुगेको नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले बताउनुभयो । ‘हामीलाई तोकेर बन्द गर्न नभनेको, जोखिम पनि देखिएको कारण पढाई खुला छ’ शर्माले भन्नुभयो, ‘लामो समय बन्द भएको पढाइ रोकेर हुँदैन ।’
यसअघि यहाँको एक प्राविधिक शिक्षालयमा २५ जना तथा अन्य विद्यालयका १० जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button