तपाईँ सुन्दै हुनुहुन्छः

बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २४ घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी ९ सुरगरवरवा नजिक सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् भने ५ को अवस्था गम्भिर रहेको छ । मृत्यु हुनेमा बस चालक र बसमा सवार पूर्ण खड्का रहेका छन् ।

बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्वरको यात्रुवाहक वस र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्वरको मालबाहक ट्रक विहान १०ः३० बजे एक आपसमा ठोक्किएका थिए । घटनामा बस चालक बाणगंगा नगरपालिका २ का कृष्ण कुँवर र बसमा सवार पूर्ण खड्काको  उपचारको क्रममा बुटवलस्थित चौरहा अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले बताए ।

गाडीमा अड्किएका चालकको उद्धार गर्नका लागि प्रहरीले टोचन प्रयोग गरेको थियो । केही घाइतेको हात खुट्टा भाँचिएको र ४ जनामा सामान्य चोट लागेको बताईएको छ । सामान्य चोट रहेकालाई स्थानिय बुद्ध पोलीक्लिनिक र अन्यलाई उपचारका बुटवलतर्फ लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button