तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा ९७ संक्रमित थपिए

फाइल तस्बिर
विराटनगर । प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको  प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ११, धरानमा ७, इनरुवा र बर्जुमा २–२, गढी र बराह क्षेत्रमा १–१, झापाको बिर्तामोडमा ३, अर्जुनधारा र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल, दमक, कनकाई र कमल गाउँपालिकामा १–१, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ७ सय ९९ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९ सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ४ सय ४ पुगेका छन् ।
प्रदेश १ मा आज ५ सय २८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button