तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड रोकथाम नियन्त्रण व्यवस्थापनमा प्रदेश सरकारको सक्रियता 

विराटनगर । कोरोना रोकथाम नियन्त्रण एवं व्यवस्थापनका लागि प्रदेश न १ को सरकारले सक्रियता बढाएको छ  । दोस्रो चरण अन्तर्गत कोरोनाका बिरामी बढ्न थालेपछि प्रदेश सरकारले कार्य योजना बनाएर कोभिड रोकथाम एवं व्यवस्थापनमा सक्रियता बढाएको हो ।
प्रदेश नं. १ कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका अध्यक्ष एवं  मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले कोभिड कोरोना रोकथाम नियन्त्रण सम्बन्धमा कार्य योजना –२०७८ बनाएर कोभिड नियन्त्रण अभियानमा प्रदेश सरकार जुटेको हो । क्ष
कार्य योजनामा कोभिड नियन्त्रण व्यवस्थापन रोकथामका चुनौती त्यसको समाधान र निराकरणका विषय उल्लेख गरिएको छ । पहिलो, दोस्रो तथा तेस्रो गरी चरणबद्ध रुपमा कोभिड कारण देखा पर्ने समस्या समाधानका लागी कार्य योजनामा विषयहरू उल्लेख भएका छ ।
कार्य योजना अन्तर्गत प्रदेश १ मा रहेका सबै स्थानीय पालिकासँग समन्वय गरेर अघि बढ्ने, सिम क्षेत्रको आवतजावतमा सुरक्षा मापदण्ड अनुसार स्वास्थ्य चेकजाँच गर्दै निगरानी बढाउने, मानिसको आवतजावत हुने सबै सरकारी कार्यालय तथा संघसंस्थाहरुमा हातधुन साबुन पानी तथा स्यानिटाइजरको व्यवस्था मिलाउन कार्यालयहरूलाई निर्देशन दिएको  प्रदेश न १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार  काकीले वताउनुभयो ।
त्यस्तै सिमानाका व्यवस्थापनका लागी हेल्प डेस्कहरू पुन सञ्चालनमा ल्याउँदै स्क्रिनिङ प्वाइन्टको स्थापना सीमा नाकाबाट आवतजावत गर्नेको रेकर्ड राख्ने देखि  आइसोलेसन तथा क्वारेनटाइन निमार्णको कामलाई प्रदेश सरकारले सक्रियता दिएको मन्त्री कार्कीको  भनाई छ ।
कार्य योजना पारित भएसँगै प्रदेशमा रहेको कोभिड अस्पतालहरूमा शय्या थप गर्ने प्रयोगशालाको व्यवस्थापन गर्ने कामलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ । मुख्य नाकामा होल्डिङ सेन्टर  तथा सीमा नाकामा सशस्त्र प्रहरीको पोष्ट समेत स्थापना गर्ने विषय कार्य योजनामा समेटिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई होल्डिङ सेन्टर तथा क्वारेनटाइनको स्थापना व्यवस्थापन साथै सिमानाका व्यवस्थापन तथा सुरक्षाकर्मी परिचालनका लागी सुरक्षा निकायसँग समन्वय गर्ने जिम्मा दिइएको छ ।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्थापन खर्चको अभिलेख प्रतिवेदन राख्ने तथा मुल्याकंन समीक्षा प्रतिवेदन पेश गर्ने तथा सामाजिक विकास मन्त्रालयलाई विराटनगर स्थित कोभिड अस्पताललाई थप व्यवस्थापन गर्दै आइसोलेसन तथा भ्यान्टेलेटर सहितका बेडहरू थप गर्ने, प्रदेशमा रहेको आइसोलेसन र कोभिड अस्पतालको थप व्यवस्थापन एवं प्रभावकारी बनाउने, मन्त्रालय मातहतका कार्यालयसँग समन्वय गर्दै अघि वढने विषयलाई कार्य योजनामा समेटिएको छ ।
त्यस्तै कार्य योजनामा  आवश्यक आर्थिक श्रोत जुटाउन पुन कोरोना जन सुरक्षाकोष स्थापना तथा परिचालन गर्ने निर्णय भएको  आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं कार्यक्रम महाशाखा प्रमुख कमलवहादुर थापाले वताउनुभयो । उहाँका अनुसार कार्य योजना कार्यान्वयनका लागी कोभिड विरुद्धको सचेतना अभियान  अन्तर्गत पर्चा पम्पलेट तथा माइकिङ गर्ने देखी एफएम रेडियो टेलिभिजन पत्रिकाहरूमा समेत सुचना प्रभा गर्दै नागरिकलाई स्वास्थ्य सावधानी अपनाउने आग्रह गरिएको छ ।
त्यसै गरि कार्य योजनामा २४ घण्टा सीमा नाकामा निगरानी बढाउने तथा कोभिडको अवस्था हेरेर स्थिति भयभाव हुर्दै गए सिमानाकामा आवतजावत पुर्ण रुपमा निषेध गर्न सकिने कार्य योजनामा उल्लेख गरिएको   छ । त्यस्तो अवस्था देखिए पनि  नेपाल भारतको सीमा नाकाबाट मालवाहक सवारी साधनको आयात निर्यातमा भने निर्बाध रूपले सञ्चालन हुनेगरि व्यवस्था मिलाइएको छ ।
यसरी सङ्घीय, प्रदेश र स्थानीय सरकार दोस्रो चरणको कोभिड छाल नियन्त्रण रोकथाम र व्यवस्थापनमा सक्रिय भएर लागेकाले त्यसको पूर्ण रुपमा पालनाका लागि मास तथा सेनेटाइजरको प्रयोग गर्दै  कुनै पनि स्थानमा भिडभाड हुने खालका कार्य नगर्न र नगराउन समेत प्रदेश सरकार सर्वसाधारणलाई आग्रह गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मन्त्रीहरूको सहभागितामा बसेको बैठकले सो कार्य योजना ल्याएको हो । एक वर्ष अघि कोरोना सङ्क्रमण फैलिएको अवस्थामा पनि सङ्घ, प्रदेश तथा स्थानीय सरकारको समन्वय र सहकार्यमा कोभिड नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button