तपाईँ सुन्दै हुनुहुन्छः

थप १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाडौँ । आज देशभर १ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर ८ हजार ७ सय ३८ नमुनाको परिक्षण गर्दा १ हजार ७ सय ३६ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा ५ सय ५०, बाँकेमा २ सय ६९, रुपन्देहीमा र  ललितपुरमा १ सय ५ जना कोरोना संक्रमित भएका छन् भने बाँकी जिल्लामा सय भन्दा कम सङ्ख्यामा संक्रमित भेटिएका छन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार आज १९ वर्ष भन्दा कम उमेरका १ सय ९३ जनामा कोरोना संक्रमण हुँदा २० देखी ४९ वर्ष उमेर समूहका व्यक्तिहरूमा संक्रमण हुने दर उच्च रहेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय २ पुगेको छ ।
आज २ सय ५१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button