तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित आकाशे पुल नजिक एक घरमा नेट मर्मत गर्ने क्रममा करेन्ट लागेर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका २ कुन्चोकका २० वर्षीय संजीव भारतीको मृत्यु भएको हो ।
स्थानीय भरतलाल श्रेष्ठको ६ तले पक्की घरबाट करेन्ट लागेपछि लडेर गम्भीर घाइते भएका उनलाई डा ईवामुरा अस्पताल सल्लाघारी लगिएको थियो ।
नेट केवल मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको उनीसँगै त्यहाँ पुगेका केवलका कर्मचारीले बताएको भक्तपुर प्रहरीले जनाएको छ । भारती हाल भक्तपुर राधे राधे बस्दै आएका थिए ।
३२ वर्षीय रोहित तामाङ पनि केवल मर्मतका लागि सँगै त्यहाँ पुगेका थिए ।
रोहित पोलमा र सञ्जीव पक्की घर माथि चढेका थिए । केवल लाइनको तार समाती चेक गर्दा एक्कासि करेन्ट लागेर सञ्जीव घरबाट भुईँमा खसी बज्रिन गई गम्भीर घाइते भएका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button